युवक मृत्यु प्रकरण : दुईजना प्रहरीको नियन्त्रणमा

हिमाल प्रेस ८ फागुन २०८१ १६:३४ | Thursday, February 20, 2025
युवक मृत्यु प्रकरण : दुईजना प्रहरीको नियन्त्रणमा प्रतीकात्मक तस्बिर।
काठमाडौँ– हनुमानढोकास्थित सानो पशुपतिनाथ मन्दिरअगाडि एक युवक मृत भेटिएको प्रकरणमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।हातमा सुजन शाक्य नाम लेखेका ३१ वर्षीय एक युवक बिहीबार मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवम् प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।

उनले भने, ‘हातमा सुजन शाक्य नाम लेखिएको छ, उनको पूरै परिचय खुलेको छैन, यो प्रकरणमा दुई जनालाई नियन्त्रणमा लिएर हामीले अनुसन्धान गर्दैछौँ।’

मृतकको शरीरमा चोटपटक देखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित: ८ फागुन २०८१ १६:३४ | Thursday, February 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast