यस्तो छ सुशील अभिनीत ‘आउट ल : दफा २१९’ को ट्रेलर

हिमाल प्रेस १६ फागुन २०८१ १८:३८ | Friday, February 28, 2025
यस्तो छ सुशील अभिनीत ‘आउट ल : दफा २१९’ को ट्रेलर

काठमाडौँ– एक्सन फिल्म ‘आउट लः दफा २१९’को एक्सन प्याक्ड ट्रेलर सार्वजनिक भएको छ।

ट्रेलरमा फिल्मका मुख्य कलाकार सुशील श्रेष्ठलाई एक्सन भूमिकामा प्रस्तुत गरिएको छ।

फिल्ममा सुशिल श्रेष्ठ, शिक्षा संग्रौला, नरेश पौडेल, सुमन भण्डारी, हेम महर्जन, सोनी लागुन, विशाल पहारी, महेश त्रिपाठी, मारिया कार्की र अयान परियारको अभिनय छ। फिल्म फागुनको २९ देखि प्रदर्शन हुनेछ।

विक्की महर्जनको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा अमित अग्रहरि र नीशा गुइडेको लगानी छ। फिल्ममा विक्की महर्जन र विनोद कठायतको पटकथा, नविन गुरुङको डीओपी छ।

विकास चौधरी सह–निर्माता रहेको फिल्मका कार्यकारी निर्माता विनोद कठायत हुन्। साहिल खानको सम्पादन रहेको फिल्ममा चुल्ठे काजीको एक्सन निर्देशन छ।

प्रकाशित: १६ फागुन २०८१ १८:३८ | Friday, February 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast