 
                             
                                            काठमाडाैँ- दीपेन्द्र लामाको निर्देशनमा बनेको फिल्म ‘दुःखी आत्मा’ को ट्रेलर सार्वजनिक भएको छ। अभिनेता दयाहाङ राई र अभिनेत्री आँचल शर्माको मुख्य भूमिकामा रहेको फिल्म आगामी फागुन २ देखि अर्थात् प्रेम दिवसको अवसरमा प्रदर्शन हुँदैछ।
फिल्ममा अन्य कलाकार अनुप विक्रम शाही, बुद्धि तामाङ, रेयर राई, पुष्कर गुरुङ, कविता आले, लोकेन्द्र लेखक, आरती आचार्य, आशान्त शर्मा, दिया मास्के, लुनिभा तुलाधर, शिशिर वाङ्दे, कवीर काफ्काललगायतको अभिनय छ।
फिल्ममा कवि श्रवण मुकारुङका १० कविता पनि समेटिएको छ।फिल्ममा निर्माता हिमाल कडरिया हुन्। आलोक शुक्लाले छायांकन गरेको फिल्ममा निमेष श्रेष्ठको सम्पादन छ। फिल्म क्लक वर्क क्रियसनको ब्यानरमा बनेको छ।
                            प्रकाशित: २१ माघ  २०८१ १६:४१ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
  
 