यस्ताे छ प्रदर्शनरत फिल्म ‘ताण्डवम्’ को गीत ‘बहँदा बहँदै’

हिमाल प्रेस ११ फागुन २०८१ १३:५० | Sunday, February 23, 2025
यस्ताे छ प्रदर्शनरत फिल्म ‘ताण्डवम्’ को गीत ‘बहँदा बहँदै’

काठमाडाैँ- फागुन ९ देखि प्रदर्शनरत फिल्म ‘ताण्डवम्’को गीत ‘बहँदा बहँदै’ सार्वजनिक भएको छ। हर्क साउदको शब्द रहेको गीतमा सुशान्त गौतमले संगीत भरेका छन्। सुशान्तकै स्वर रहेको गीतमा रिकेश गुरुङको संगीत संयोजन छ।

सेन्सर झमेलामा परेको फिल्मले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको निर्देशक निर्देशक जुनिम गहतराजले बताए। ‘दर्शकले फिल्मको सस्पेन्स र थ्रिलर पार्टलाई रुचाउनु भएको छ। दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेका छौँ। यसले आगामी दिनमा पनि फिल्म बनाउने थप हौसाला मिलेको छ,’ निर्देशक गहतराजले भने।

फिल्ममा पुष्कर गुरुङ, प्रेम सुब्बा, जुनिम गहतराज, अंकित खड्का, सरिना मगर, अनोज पाण्डे, कमल कार्की र गोपाल कटुवालको अभिनय छ।

फिल्ममा एक दम्पत्तिको जोडीको सन्तानप्राप्तिपछि जीवनमा घट्ने अकल्पनिय घटना र त्यसले निम्त्याउने उतारचढावको कथा प्रस्तुत गरिएको छ। फिल्मको कथा, पटकथा तथा संवाद अनिरुद्ध आत्रेय र हुसेनले लेखेका हुन्।

प्रकाशित: ११ फागुन २०८१ १३:५० | Sunday, February 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast