मौसम विभाग भन्छ : काठमाडौँमा वर्षाको सम्भावना छ

हिमाल प्रेस ६ फागुन २०८१ ७:३५ | Tuesday, February 18, 2025
मौसम विभाग भन्छ : काठमाडौँमा वर्षाको सम्भावना छ

काठमाडौँ- देशका केही भूभागमा आज हिमपात र वर्षाको सम्भावना छ। पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण वर्षा र हिमपातको सम्भावना रहेको हो।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको छ। बाँकी पहाडी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ। तराईका थोरै भूभागमा हुस्सु र कुहिरो लागेको छ।

विभागले दिउँसो कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने बताएको छ। बाँकी भूभागमा आंशिक बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले बताएको छ। काठमाडौँमा पनि आज वर्षाको सम्भावना छ।

प्रकाशित: ६ फागुन २०८१ ७:३५ | Tuesday, February 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast