मोदी अमेरिकामा, ट्रम्पसँग होला ‘डिपोर्ट’ बारे छलफल?

हिमाल प्रेस १ फागुन २०८१ १५:३० | Thursday, February 13, 2025
मोदी अमेरिकामा, ट्रम्पसँग होला ‘डिपोर्ट’ बारे छलफल?

काठमाडौँ– भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिका भ्रमणका लागि वासिङटन डीसी पुगेका छन्।

नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको सरकार अवैध रूपमा बसिरहेका भारतीय नागरिकलाई ‘डिपोर्ट’ गरेका बेला मोदी अमेरिका भ्रमणमा गएका हुन्।

अमेरिकाले केही दिनअघि मात्र अवैध रूपमा बसिरहेका भारतीय नागरिकलाई आफ्नो सैनिक विमानमा राखेर भारतको पञ्जाब पु¥याएको थियो। भारतीय नागरिकलाई अमेरिकी सैन्य विमानबाट फर्काइएपछि मोदी–ट्रम्पको सम्बन्धलाई लिएर विपक्षी दलहरूले आलोचना गरेका थिए।

अमेरिकाले अवैध ढंगबाट बसिरहेकाहरूलाई फिर्ता पठाइरहेका बेला मोदीको यो भ्रमणलाई महत्वका साथ हेरिएको छ।

भारतीय प्रधानमन्त्री मोदीलाई अमेरिकी राजधानीको केन्द्रस्थित यूएस प्रेसिडेन्सियल गेस्ट हाउस, ब्लेयर हाउसमा राखिएको छ।

भ्रमणका क्रममा मोदीले अमेरिकी राष्ट्रपति ट्रम्पसँग भेटघाट, द्विपक्षीय वार्ता, पत्रकार सम्मेलन गर्नेछन्। त्यस्तै ट्रम्पले आयोजना गरेर रात्रिभोजमा पनि उनको सहभागी हुने कार्यक्रम छ।

प्रकाशित: १ फागुन २०८१ १५:३० | Thursday, February 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast