निर्देशक सरोजले सुरु गरे ‘कोशेढुंगा’ को छायांकन

हिमाल प्रेस १४ फागुन २०८१ १२:३० | Wednesday, February 26, 2025
निर्देशक सरोजले सुरु गरे ‘कोशेढुंगा’ को छायांकन

काठमाडौँ- निर्देशक सरोज पौडेलको निर्देशनमा बन्ने फिल्म ‘कोशेढुंगा’ शुभमुहूर्तसँगै छायांकन थालिएको छ। ललितपुरको च्यासलमा निर्देशक, निर्माता, कलाकार र प्राविधिक टिम मिलेर मुहूर्तसँगै फिल्मको छायांकन सुरु गरिएको निर्देशक पौडेलले बताए। उनी  ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारंगी’ का निर्देशक हुन्।

फिल्मको छायांकन काठमाडौँ र स्याङ्जामा हुनेछ। बाबु श्रेष्ठले छायांकन गर्नेछन्। फिल्मको मुख्य भूमिकामा सुरक्षा पन्त छिन्। उनीसँगै फिल्ममा आर्यन सिक्देल, सरोज खनाल, विशाल पहाडी, शेखर चापागाईं, सिरु विष्ट, उद्वव सापकोटा, सन्ध्या राना, सविता रेग्मी, सविन कट्टेल, विकास खनाललगायत कलाकारको अभिनय रहनेछ।

नरदेवी फिल्म्सको प्रस्तुति रहेको फिल्मका निर्माता प्रेविल कँडेल र किशोर अनुराग हुन्। फिल्मको सम्पादन सुरेन्द्र पौडेलले गर्नेछन्। फिल्मको गीतमा रिदम कँडेल र आशिष अविरलको रहनेछन्। फिल्म आगामी वर्ष २०८२ मा प्रदर्शन गर्ने टिमको तयारी छ।

प्रकाशित: १४ फागुन २०८१ १२:३० | Wednesday, February 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast