मुलुकलाई ‘ग्रे लिस्ट’ बाट हटाउनु छ : प्रधानमन्त्री

हिमाल प्रेस ११ फागुन २०८१ १९:३५ | Sunday, February 23, 2025
मुलुकलाई ‘ग्रे लिस्ट’ बाट हटाउनु छ : प्रधानमन्त्री

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई छिटोछरितो सेवा दिएर सुशासन र समृद्धिको यात्रामा साथ दिन राष्ट्रसेवक कर्मचारीलाई आग्रह गरेका छन्।

प्रधानमन्त्री ओलीको ७४ औँ जन्मदिनका अवसरमा उनलाई शुुभकामना दिन आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सिंहदरबारमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूलाई गरिएको ‘वर्थ डे विस’ ले देशको गरिबी हटाउने तथा सुशासन र समृद्धि कायम गर्ने कामको नेतृत्व गर्नमा सफलता मिलेमा त्यसको सार्थकता हुने बताए।

‘सेवा प्रवाहका कुरामा सेवाग्राहीलाई सकारात्मकभावका साथ काम गरेर विकास निर्माण र सुुशासन कायम गर्ने काममा मलाई मद्दत गरेर शुुभकामनालाई सार्थक बनाउन व्यवहारिक रुपमा त्यसअनुसारको काम गर्न म आग्रह गर्छु,’ प्रधानमन्त्री ओलीले भने, ‘हामी भ्रष्टाचार गर्दैनौँ र गर्न दिन्नौँ तर मुलुक सम्पत्ति शुद्धीकरणका सन्दर्भमा ग्रे लिष्टमा परेको छ। यसलाई हटाउनु छ। मलाई व्यक्तिगतरुपमा लाभ लिनुपर्ने कुरा केही छैन। हामी कमिसनका लागि ठेक्कापट्टाका काम गर्दैनौँ। विकास निर्माणका लागि ठेक्का लगाउँछौँ। यसमा सबैको साथ होस् भन्ने मेरो चाहना हो।’

उक्त अवसरमा गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, सरकारका मुख्यसचिव एकनारायण अर्याल, सचिवहरु र राष्ट्रसेवक कर्मचारीको सहभागिता रहेको थियो।

यसैबीच, प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओली आज एमाले केन्द्रीय कार्यालयले ललितपुरको च्यासलमा आयोजना गरेको जन्मदिनको कार्यक्रममा समेत सहभागी भएका थिए।

प्रकाशित: ११ फागुन २०८१ १९:३५ | Sunday, February 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast