मुख्य प्रशिक्षकका लागि क्यानले माग्यो आवेदन

हिमाल प्रेस ३ फागुन २०८१ १८:५९ | Saturday, February 15, 2025
मुख्य प्रशिक्षकका लागि क्यानले माग्यो आवेदन

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय पुरुष क्रिकेट टिमको मुख्य प्रशिक्षकका लागि आवेदन आह्वान गरेको छ। क्यानले शनिबार सामाजिक सञ्जालमार्फत सूचना निकालेर मुख्य प्रशिक्षकका लागि आवेदन आह्वान गरेको हो।

क्यानले ईसीबी वा क्रिकेट सीए लेभेल ३ वा सो सरहको मान्यतासहित पाँच वर्षको अनुभवी प्रशिक्षक माग गरेको छ। आवेदन २८ फेब्रुअरीसम्म दिन सकिने क्यानले जनाएको छ।

भारतीय प्रशिक्षक मोन्टी देसाईको दुई वर्षे कार्यकाल सकिएपछि क्यानले आवेदन खुलाएको हो। टी–२० विश्वकपपछि क्यानले देसाईसँगको सम्झौता नवीकरण नगर्ने जनाएको थियो।

प्रकाशित: ३ फागुन २०८१ १८:५९ | Saturday, February 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast