 
                             
                                            काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय पुरुष क्रिकेट टिमको मुख्य प्रशिक्षकका लागि आवेदन आह्वान गरेको छ। क्यानले शनिबार सामाजिक सञ्जालमार्फत सूचना निकालेर मुख्य प्रशिक्षकका लागि आवेदन आह्वान गरेको हो।
क्यानले ईसीबी वा क्रिकेट सीए लेभेल ३ वा सो सरहको मान्यतासहित पाँच वर्षको अनुभवी प्रशिक्षक माग गरेको छ। आवेदन २८ फेब्रुअरीसम्म दिन सकिने क्यानले जनाएको छ।
भारतीय प्रशिक्षक मोन्टी देसाईको दुई वर्षे कार्यकाल सकिएपछि क्यानले आवेदन खुलाएको हो। टी–२० विश्वकपपछि क्यानले देसाईसँगको सम्झौता नवीकरण नगर्ने जनाएको थियो।
                            प्रकाशित: ३ फागुन  २०८१ १८:५९ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 