मिडिया काउन्सिल विधेयक प्रतिनिधिसभामा टेबुल

हिमाल प्रेस २९ माघ २०८१ १९:५५ | Tuesday, February 11, 2025
मिडिया काउन्सिल विधेयक प्रतिनिधिसभामा टेबुल संघीय संसद् भवनमा मंगलबार बसेको प्रतिनिधिसभा बैठक। तस्बिर : रासस

काठमाडौँ– राष्ट्रियसभामा उत्पत्ति भएको ‘मिडिया काउन्सिल विधेयक, २०८०’ का सम्बन्धमा प्राप्त सन्देशसहितको विधेयक प्रतिनिधिसभामा टेबुल गरिएको छ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रतिनिधिसभाका सचिव हर्कराज राईले विधेयक टेबुल गरेका हुन्। तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गत जेठ १३ गते पत्रकारिता क्षेत्रमा पेसागत तथ व्यावसायिक आचरण कायम राख्न तथा स्वनियमलाई प्रवर्द्धन गरी स्वच्छ, स्वतन्त्र र जवाफदेही पत्रकारिताको विकास तथा संरक्षणका लागि स्वायत्त नियामक निकायको रूपमा मिडिया काउन्सिलको स्थापना र सञ्चालनसँग सम्बन्धित यो विधेयक राष्ट्रियसभामा प्रस्तुत गरेका थिए।

विधेयकउपर जेठ २० गते सामान्य छलफल भएको थियो। त्यसपछि सो विधेयकमाथि राष्ट्रियसभामा दफावार छलफल भएपछि दफावार छलफलका लागि जेठ २८ गते समितिमा पठाइएको थियो। समितिले यही माघ १८ गते राष्ट्रियसभामा प्रतिवेदन पेस गरेपछि मंगलबार प्रतिनिधिसभामा टेबुल गरिएको हो।

प्रकाशित: २९ माघ २०८१ १९:५५ | Tuesday, February 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast