माछा मार्न गएका युवक नदीमा बेपत्ता

हिमाल प्रेस ३ फागुन २०८१ १९:३२ | Saturday, February 15, 2025
माछा मार्न गएका युवक नदीमा बेपत्ता सांकेतिक तस्बिर

कालीकोट– कालीकोटमा माछा मार्ने क्रममा तिला नदीमा डुबेर एकजना युवक बेपत्ता भएका छन्। तिलागुफा नगरपालिका–४ राँचुली गाउँका २४ वर्षीया भोजनबहादुर शाही तिला नदीमा माछा मार्ने क्रममा डुबेर बेपत्ता भएका हुन्।

जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार शनिबार बिहान १० बजे माछा मार्नका नजिकैको नदीमा गएका शाही नदीमा डुबेर बेपत्ता भएपछि खोजी थालिएको छ।

बेपत्ता भएको खबर पाएपछि स्थानीयवासी र प्रहरी टोली घटनास्थलमा पुगेर खोजी गरिरहेको भन्दै हालसम्म उनको अवस्था अज्ञात रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गोविन्द्रप्रसाद चौधरीले जानकारी दिए।

स्थानीय प्रशासन, प्रहरी, स्थानीय युवाहरूको सक्रियतामा बेपत्ता शाहीको खोजी भइरहेको तिला गुफा नगरपालिकाका उपप्रमुख महेन्द्रबहादुर शाहीले बताए।

प्रकाशित: ३ फागुन २०८१ १९:३२ | Saturday, February 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast