काठमाडौँ- नेकपा माओवादी केन्द्रको कार्यक्रम हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियान आज सुनसरीमा हुँदैछ। अभियान टोली आज दिनभरि सुनसरीमा रहने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस सल्लाहकार नरेन्द्र केसीले जानकारी दिए।
आज बर्जु ताल अवलोकन, उखु किसानसँग छलफल, मुस्लिम समुदायसँग भेटघाट, गढी र जाल्पपुरमा सभा, कोशी,भोक्राह र मधुवनमा जनभेटघाट लगायतका कार्यक्रम रहेको छ। आज बिहानै बर्जुमा प्रचण्डले सम्बोधन गरिसकेका छन्।
उनले दक्षिण भेगमा बस्दै आएका नागरिकमाथि वर्षौंदेखि विभेद गरिरहेकाले यसको विरुद्ध संघर्षको झण्डा उठाउन अभियान थालिएको उनले बताएका छन्।
प्रकाशित: १५ फागुन २०८१ ९:४० | Thursday, February 27, 2025
प्रतिक्रिया




