महाशिलाको तरकारी पोखरामा

हिमाल प्रेस १२ फागुन २०८१ २०:०९ | Monday, February 24, 2025
महाशिलाको तरकारी पोखरामा

पर्वत- पर्वतको महाशिला गाउँपालिकाले ढुवानीमा अनुदान दिएपछि स्थानीय तरकारी जिल्लाबाहिर निर्यात हुन थालेको छ।

पछिल्लो चार महिनामा मात्रै यहाँबाट ८५ लाख रूपैयाँ बराबरको तरकारीको बजारीकरण भएको गाउँपालिकाले जनाएको छ। गाउँपालिका अध्यक्ष ईश्वरीप्रसाद भुसालले ढुवानीमा अनुदानपछि कात्तिकदेखि माघ महिनासम्म ८५ लाख बाराबरको तरकारी बिक्री भएको बताए।

उनका अनुसार गत कात्तिकमा ३६ लाख १९ हजार, मङ्सिरमा १३ लाख ७८ हजार ८३५, पुसमा २९ लाख ९७ हजार ८८० र माघमा १८ लाख १२ हजार १८५ बाराबरको तरकारी बिक्री भएको हो।

महाशिलामा फर्सी, आलु, अकबरे खुर्सानी, साग, ब्रोकाउली, काउली, बन्दाकोभी, स्कुस, लौका, काक्रो, टमाटर, भिन्डी, सिमी, बोडीलगायत तरकारी  उत्पादन हुने गरेको छ। यहाँका कृषकहरूले मौसमी तथा बेमौसमी तरकारीखेती गर्ने गरेका छन्। ।

पालिकाका ६ वटै वडामा सडकको पहुँच विस्तार भएपछि कृषकलाई  व्यावसायिक तरकारीखेती गर्न सहज भएको छ। गाउँपालिकाले कृषिजन्य उत्पादनमा अनुदानस्वरूप प्रति किलो पाँच रूपैयाँ उपलब्ध गराउँदै आएको छ। पालिकाले तरकारी मात्र नभएर खसी बोकामा समेत प्रति किलो २५ रूपैयाँका दरले अनुदान उपलब्ध गराउँदै आएको छ।

प्रकाशित: १२ फागुन २०८१ २०:०९ | Monday, February 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast