महँगियो डलर, कति छ युरोको मूल्य?

हिमाल प्रेस २९ माघ २०८१ ६:१० | Tuesday, February 11, 2025
महँगियो डलर, कति छ युरोको मूल्य?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (मंगलबार) को विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, पाउन्ड, युरो, दिनारसहित सबैजसो विदेशी मुद्राको विनियम दर बढेको छ।

राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ६७ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ २७ पैसा छ।

त्यसैगरी आज युरो एकको खरिददर एक सय ४४ रुपैया ३३ पैसा र बिक्रीदर एक सय ४४ रुपैयाँ ९५ पैसा छ। हिजो युरो एकको खरिददर एक सय ४४ रुपैया १६ पैसा र बिक्रीदर एक सय ४४ रुपैयाँ ७८ पैसा थियो।

त्यस्तै आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७३ रुपैयाँ ४१ पैसा र बिक्रीदर एक सय ७४ रुपैयाँ १५ पैसा छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७३ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ७३ रुपैयाँ ९८ पैसा थियो।

अस्ट्रेलियन डलर एकको खरिदर ८७ रुपैयाँ ७४ पैसा र बिक्रीदर ८८ रुपैयाँ १२ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८७ रुपैयाँ ५४ पैसा र बिक्रीदर ८७ रुपैयाँ ९२ पैसा थियो।

आजको लागि कुवेती दिनार एकको खरिददर चार सय ५२ रुपैयाँ ३३ पैसा र बिक्रीदर चार सय ५४ रुपैयाँ २७ पैसा छ। हिजो कुवेती दिनार एकको खरिददर चार सय ५२ रुपैयाँ ०५ पैसा र बिक्रीदर चार सय ५४ रुपैयाँ थियो।

बहराइन दिनार एकको खरिददर तीन सय ७० रुपैयाँ ५३ पैसा र बिक्रीदर तीन सय ७२ रुपैयाँ ११ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर तीन सय ७० रुपैयाँ २७ पैसा र बिक्रीदर तीन सय ७१ रुपैयाँ ८६ पैसा थियो।

प्रकाशित: २९ माघ २०८१ ६:१० | Tuesday, February 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast