मष्टा गाउँपालिकाले निकासा गर्‍यो शिक्षक कर्मचारीको तलबभत्ता

हिमाल प्रेस ७ फागुन २०८१ १०:५३ | Wednesday, February 19, 2025
मष्टा गाउँपालिकाले निकासा गर्‍यो शिक्षक कर्मचारीको तलबभत्ता

काठमाडौँ- बझाङको मष्टा गाउँपालिकाले सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीको माघको तलबभत्ता निकासा गरिएको जनाएको छ।

गाउँपालिकाको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न गाउँपालिकाअन्तर्गतका सामुदायिक विद्यालयहरूमा कार्यरत सम्पूर्ण शिक्षक कर्मचारीहरूको मासिक तलबभत्ता विद्युतीय भुक्तानी प्रणालीमार्फत निकासा गरिएको हो।

माघको तलबभत्ता सम्बन्धित शिक्षक कर्मचारीहरूको व्यक्तिगत बैंक खातामा निकासा भएको गाउँपालिकाका नि.प्रमुख प्रशासकीय अधिकृत रमेश कुमार खड्काले जनाए।

प्रकाशित: ७ फागुन २०८१ १०:५३ | Wednesday, February 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast