 
                             
                                            काठमाडौँ- मलेसियामा कार्यरत विदेशी कामदारमध्ये सबैभन्दा बढी बंगलादेशी छन्। यसैगरी दोस्रो स्थानमा इन्डोनेसियाका नागरिक छन् भने नेपालीहरू तेस्रो स्थानमा छन्। मलेसियामा वैधानिक रूपमा ३ लाख ८० हजारभन्दा बढी नेपाली कार्यरत छन्।
मलेसियामा नेपाली कामदारको संख्या तेस्रो ठूलो रहेको त्यहाँका मानव संशाधनमन्त्री स्टिभन सिमले बताएका हुन्। मन्त्री स्टिभन सिमले बंगलादेशका ८ लाख ९८ हजार ९७० र इन्डोनेसियाका ५ लाख ८२ हजार विदेशी कामदार कार्यरत रहेको बताए।
गत साता मलेसियाली पेरिकतान नेसनलका सांसद जमालुद्दिन याह्याले राखेको प्रश्नको जबाफ दिँदै मन्त्री स्टिभन सिमले ३ लाख ८० नेपाली कामदार वैधानिक रूपमा कार्यरत रहेको जानकारी गराएको मलेसियाको सञ्चारमाध्यम द स्टारमा उल्लेख छ। मन्त्री सिमले करिब ५० हजार नेपाली कामदार अवैध रूपमा बसेको पनि बताए।
मलेसियामा डिसेम्बर अन्त्यसम्म सबै श्रमिकको कुलसंख्या १ करोड ६७ लाख ७९ हजार ५ जना रहेको छ। तिनमा २३ लाख ३८ हजार ४ सय २२ जना विदेशी कामदार छन् ।
मलेसियाले नयाँ कामदारको एप्रुभल १ लाख ७८ हजार ५ सय जना मात्र भर्ना गराउने नीति अघि सारेको छ। केही विदेशी कामदार स्वदेश फर्काउने र कामदार बिदामा जाँदामात्र ठूलो संख्यामा नयाँ कामदारले अवसर पाउने नीति मलेसिया सरकारले लिएको छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                    ![नेपाल सम्भावनाहरूको खानी हो : मलेसियाका व्यापारी कुक्रेजा [अन्तरवार्ता]](https://himalpress.com/wp-content/uploads/2025/08/kukrejaa-3.jpg) 
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 