मधेशका यातायातमन्त्री रायसँग कांग्रेसले सोध्यो स्पष्टीकरण

हिमाल प्रेस ८ फागुन २०८१ १९:२७ | Thursday, February 20, 2025
मधेशका यातायातमन्त्री रायसँग कांग्रेसले सोध्यो स्पष्टीकरण कौशलकिशोर राय

काठमाडौँ- नेपाली कांग्रेस जिल्ला अनुशासन समिति सर्लाहीले मधेश प्रदेशका श्रम तथा यातायातमन्त्री कौशलकिशोर रायसँग स्पष्टीकरण मागेको छ। पार्टीलाई बदनाम गराउने र संगठनलाई कमजोर पार्ने अनुशासन र मर्यादाविपरित कार्य गरेको भन्दै अनुशासन समितिले रायसँग स्पष्टीकरण मागेको हो।

पार्टीको अनुशासन र मर्यादाविपरित क्रियाकलापमा लागेको उजुरी आएकाले अनुशासनको कारबाही किन नगर्ने भन्दै मन्त्री रायसँग सात दिनभित्र लिखित जवाफ कांग्रेस जिल्ला अनुशासन समितिले मागेको छ।

राय मन्त्रीको रूपमा बहाल रहँदा पनि संघीय निर्वाचनदेखि हालसम्म नै पार्टीको मर्यादा र अनुशासनको ख्याल नगरी अन्य विचारधार भएका राजनीतिकर्मी र नेताहरूको राजनीतिक कार्यक्रममा भाग लिएको अनुशासन समितिको भनाइ छ।

‘…नेपाली कांग्रेसलाई बदनाम गराउने र संगठनलाई कमजोर पार्ने खालको पार्टीको अनुशासन र मर्यादाविपरित क्रियाकलापहरू गरिरहेको उजुरी सर्लाही क्षेत्र नम्बर ४ को क्षेत्रीय कार्यसमितिबाट यथेस्ट प्रमाणसहित यस कार्यसमितिमा आएको हुँदा तपाईँलाई पार्टीको विधानबमोजिम अनुशासनको कारबाही किन नगर्ने भन्ने लिखित जवाफ ७ दिनभित्र जिल्ला कार्यसमितिमार्फत अनुशासन समितिमा पेस गर्नुहुन योपत्र पठाइएको व्यहोरा जानकारी गराइन्छ,’ मन्त्री रायसँग सोधिएको स्पष्टीकरणमा भनिएको छ।

सर्लाही निर्वाचन क्षेत्र नम्बर २ का क्षेत्रीय सभापतिसमेत रहेका राय क्षेत्र नम्बर २(ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्।

प्रकाशित: ८ फागुन २०८१ १९:२७ | Thursday, February 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast