‘मदन पुरस्कार-२०८१’ का लागि पुस्तक आह्वान

हिमाल प्रेस १५ फागुन २०८१ १७:०६ | Thursday, February 27, 2025
‘मदन पुरस्कार-२०८१’ का लागि पुस्तक आह्वान

काठमाडौँ- मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार-२०८१’ आवेदन खुलाएको छ। गुठीले बिहीबार सूचना जारी गर्दै २०८१ सालमा (१५ अप्रिल २०२४ देखि १४ अप्रिल २०२५) प्रकाशित पुस्तकका लागि आवेदन माग गरेको हो।

चारप्रति पुस्तक (एक प्रति संरक्षण निम्ति) सहित २०८२ वैशाख १५ भित्र गुठीको ठेगानामा पठाउन आवेदन दिन सकिने उल्लेख गरेकाे छ।

२०१२ मा स्थापित मदन पुरस्कार गुठीले पहिलोपल्ट २०१३ सालमा गद्य विधामा सत्यमोहन जोशीको ‘हाम्रो लोक संस्कृति’, सामाजिक शास्‍त्रमा चित्तरञ्‍जन नेपालीको ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ तथा विज्ञान विधामा बलराम जोशीको ‘अधिकविभव स्थिरविद्युत् उत्पादक’ कृतिलाई मदन पुरस्कार अर्पण गरेको थियो।

मदन पुरस्कार गुठीले विसं २०७२ देखि गुठीमा प्राप्त पुस्तकहरूमध्येबाट बढीमा दसवटाको श्रेष्ठ सूची सार्वजनिक गर्दै आएको छ। गुठीको नियमानुसार अप्रकाशित सामग्रीहरूको बाहुल्य रहेका पुस्तकलाई छनोटको एउटा आधार बनाइन्छ।

श्रेष्ठ सूचीमा छनोट पुस्तकमध्ये एकलाई सर्वश्रेष्ठ कृतिका रूपमा मदन पुरस्कार अर्पण गरिन्छ। पुरस्कारको राशि चार लाख रुपैयाँ छ।

प्रकाशित: १५ फागुन २०८१ १७:०६ | Thursday, February 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast