‘भ्रष्टाचार छानबिनका लागि शक्तिशाली आयोग बनाऔँ

हिमाल प्रेस २९ माघ २०८१ १९:४६ | Tuesday, February 11, 2025
‘भ्रष्टाचार छानबिनका लागि शक्तिशाली आयोग बनाऔँ फाइल तस्बिर।

काठमाडौँ– नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले विगतमा भएका ठूला ठूला भ्रष्टाचारको छानबिन गर्न शक्तिशाली आयोग बनाउन माग गरेका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै उनले विगतका सबै अनियमितता र भ्रष्टाचारको छानबिनका लागि सबै तयार हुनुपर्ने बताए।

सांसद शर्माले वैदेशिक रोजगारीमा रहेका र विप्रेषण पठाएर देशलाई सहयोग गर्नेको समस्या समाधानका लागि सरकारले विशेष सम्बोधन गर्नुपर्ने उल्लेख गरे।

मुलुकभित्रै रोजगारी सिर्जना गर्नेतर्फ कोही कसैको सोच नभएको स्पष्ट पार्दै उनले बाँझो जमिनलाई हराभरा बनाउने अभियान सञ्चालन गर्नुपर्ने र सोही दिशामा बहस हुनुपर्ने तर्क गरे।

राष्ट्रिय गौरवका आयोजना लामो समयसम्म पनि पूरा नहुने अवस्थाको अन्त्यका लागि संसदभित्र बहस हुनुपर्ने भए पनि अन्य विषयमा केन्द्रीत रहेको उनको भनाइ छ। संघीयता कार्यान्वयनका सन्दर्भमा कानुन निर्माणमा भइरहेको ढिलाइप्रति पनि उनले प्रश्न उठाए। सांसद शर्माले शान्ति प्रक्रियाको काममा भइरहेको ढिलाइप्रति पनि आपत्ति प्रकट गरे।

प्रकाशित: २९ माघ २०८१ १९:४६ | Tuesday, February 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast