माधवकुमार नेपाल। फाइल तस्बिर।
काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संसदीय समितिमा विचाराधीन विधेयक फिर्ता नलिइकन सरकारले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश’ ल्याउन नपाउने बताएका छन्।
भूमिसम्बन्धी अध्यादेश समस्या समाधान गर्नेभन्दा पनि आफ्नाहरूलाई पोस्नका लागि ल्याएको उनको आरोप छ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले शुक्रबार आयोजना गरेको ‘भूमिसम्बन्धी अध्यादेश’ विषयक अन्तरक्रियामा अध्यक्ष नेपालले भने, ‘सरकार कानुन र विधिसम्मत ढंगबाट चल्नुपर्छ।’
सरकारले सही उद्देश्यले विधेयक नल्याएको उनको भनाइ छ। अध्यक्ष नेपालले भने,‘सरकारले सही उद्देश्यले अध्यादेश ल्याइएको भनेर आश गर्ने ठाउँ छैन।’
प्रकाशित: १६ फागुन २०८१ १९:०८ | Friday, February 28, 2025
प्रतिक्रिया




