भारतीय दूतावासले भन्यो : नेपाली विद्यार्थीको सुरक्षाका लागि भारत सरकार प्रतिबद्ध छ

हिमाल प्रेस ५ फागुन २०८१ २१:०५ | Monday, February 17, 2025
भारतीय दूतावासले भन्यो : नेपाली विद्यार्थीको सुरक्षाका लागि भारत सरकार प्रतिबद्ध छ

काठमाडौँ- नेपालस्थित भारतीय दूतावासले नेपाली विद्यार्थीसँग भएको घटनाबारे ओडिसाको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) व्यवस्थापनको सम्पर्कमा रहेको जनाएको छ।

सोमबार साँझ विज्ञप्ति निकालेर विश्वविद्यालय व्यवस्थापनका साथै ओडिसा सरकारसँग नियमित सम्पर्कमा रहेको दूतावासले जनाएको हो।

बीटेक तेस्रो वर्षमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको मृत्युसम्बन्धी घटनाबारे छानबिन सुरू भइसकेको विश्वविद्यालय प्रशासनले जानकारी दिएको दूतावासको विज्ञप्तिमा उल्लेख छ।

केआईआईटीले अध्ययनरत नेपाली विद्यार्थीहरूलाई कलेजमा फर्किएर होस्टलमा बस्न र कक्षामा आउन अपिल गरेको दूतावासले जनाएको छ।

भारतमा अध्ययनरत नेपाली विद्यार्थीहरूले दुई देशबीचका नागरिकबीच सम्बन्ध सुमधुर बनाउन महत्वपूर्ण भूमिका खेलेको बताउँदै दूतावासले नेपाली विद्यार्थीहरूको सुरक्षाका लागि भारत सरकार प्रतिबद्ध रहेको जनाएको छ।

केआईआइटीमा नेपाली विद्यार्थीसँग भएको घटनाप्रति दूतावासले दुःख व्यक्त गरेको छ।

प्रकाशित: ५ फागुन २०८१ २१:०५ | Monday, February 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast