 
                             
                                            काठमाडौँ- दाङको तुलसीपुरमा भरुवा बन्दुकको गोली लागेर एक बालकको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका ३ ठूला सम्वा निवासी पुष्कर खत्रीका १० वर्षका छोरा भुवन केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।
घरबाट १५ मिटर टाढा रहेको खलोमा खेल्ने क्रममा आफ्नै सहोदर दाजु १० वर्षीय शिशिर केसीले बन्दुक खेलाउने क्रममा भाइको कञ्चटमा गोली लागेको प्रहरीले बताएको छ। घरमा लोड गरी राखिएको भरूवा बन्दुक बालकले खेल्न लगेका थिए।
भुवन केसीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक विनोद राज खत्रीले जानकारी दिए।
                            प्रकाशित: २६ माघ  २०८१ १३:५२ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 