भद्रपुर झापा गोल्डकप : झापा-११ फाइनलमा प्रवेश

हिमाल प्रेस १४ फागुन २०८१ १९:३० | Wednesday, February 26, 2025
भद्रपुर झापा गोल्डकप : झापा-११ फाइनलमा प्रवेश

भद्रपुर (झापा)- दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकप २०८१ को दोस्रो सेमिफाइनलमा भुटानको डागा युनाइटेड एपसीलाई पराजित गर्दै झापा-११ फाइनलमा प्रवेश गरेको छ।

मेची रंगशालामा आज (बधबार) भएको खेलमा झापा-११ ले डागा युनाइटेडमाथि ३-१ को जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको आजको खेलको ५५औँ मिनटमा झापा–११ का एरोन थापाले फ्रि किममार्फत गोल गरे। खेलको ८४औँ मिनटमा डागा युनाइटेडका सुरज रसायलीले बराबरी गोल फर्काए। निर्धारित ९० मिनेटको खेल हुँदासम्म दुवै टोली १–१ को स्थितिमा थिए।

पाँच मिनट थपिएको इञ्जुरी समयमा भुटान समालिन नसक्दा झापा–११ ले दुई गोल थप्यो। झापा–११ का लागि रोहन कार्की र हरिबहादुर आलेमगरले इञ्जुरी समयमा गोल गरे। आजको खेलको प्लेयर अफ द म्याच झापा–११ का एरोन थापा भए। उनले २१ हजार नगद र ट्रफी प्राप्त गरे।

यही फागुन १६ गते शुक्रबार झापा–११ ले आयोजक भद्रपुर ब्लेजर्ससँग उपाधिका लागि खेल्नेछ। आयोजक ब्लेजर्सले बंगलादेशको काउर्न बाजार प्रगति सङ्घलाई हराउँदै अन्तिम दुईमा स्थान बनाएको हो। प्रतियोगिताको विजेता टोलीले नगद रू १३ लाख तथा उपविजेता टोलीले नगद सात लाख प्राप्त गर्नेछन्।

प्रकाशित: १४ फागुन २०८१ १९:३० | Wednesday, February 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast