भक्तपुरमा तीन मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

हिमाल प्रेस ९ फागुन २०८१ १०:५५ | Friday, February 21, 2025
भक्तपुरमा तीन मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

भक्तपुर- सूर्यविनायक नगरपालिका-९ नलिञ्चोकमा गएराति विपरीत दिशाबाट आएका तीनवटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। अन्य दुईजना घाइते भएका छन्।

भक्तपुर जिल्ला ट्राफिक प्रहरी परिसरका अनुसार दुर्घटनामा रामेछाप सुनापाती गाउँपालिका–४ का २१ वर्षीय तिम्बा दोर्जे तामाङको मृत्यु भएको हो।

गम्भीर घाइते भएका निजको इवामुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा सूर्यविनायक नगरपालिका-९ काक्राबारीका २४ वर्षीय साजन तामाङको अवस्था गम्भीर छ। उनको ठिमीस्थित मध्यपुर अस्पतालमा उपचार भइरहेको छ।

त्यसैगरी, दुर्घटनामा घाइते भएका रामेछाप मन्थली नगरपालिका–११ का ३९ वर्षीय टीकाराम श्रेष्ठ उपचारपछि घर फर्केका छन्।

प्रकाशित: ९ फागुन २०८१ १०:५५ | Friday, February 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast