बीमा प्राधिकरणको सञ्चालक समितिका अध्यक्षका आवेदकको सर्टलिष्ट सार्वजनिक

हिमाल प्रेस ५ फागुन २०८१ ८:१४ | Monday, February 17, 2025
बीमा प्राधिकरणको सञ्चालक समितिका अध्यक्षका आवेदकको सर्टलिष्ट सार्वजनिक

काठमाडौँ- नेपाल बीमा प्राधिकरणले सञ्चालक समितिको अध्यक्षमा आवेदन दिने मध्ये ५ जनाको नाम सार्वजनिक गरेको छ। सर्टलिष्ट (संक्षिप्त सूची)का नाम सार्वजनिक गर्दै अन्तर्वार्ताका लागि बोलाइएको छ।

संक्षिप्त सूचीमा कमलप्रसाद रेग्मी, चिरञ्जीवी चापागाईँ, दामोदर बसौला, रामशरण पुडासैनी र शरद ओझाको नाम छ। आउँदो फागुन १० को २ बजे सिंहदरबारस्थित अर्थ मन्त्रालयमा अन्तर्वार्तामा आउन अनुरोध गरिएको छ।

रेग्मी प्राधिकरणकै निर्देशक हुन भने चापागाई प्राधिकरणका पूर्व अध्यक्ष हुन्। त्यसैगरी, बसौला नेपाल स्वास्थ्य बिमा बोर्डका निवर्तमान प्रमुख कार्यकारी अधिकृत हुन् भने पुडासैनी पूर्व सचिव हुन्। उनी हाल कृषि विकास बैंकको अध्यक्षको जिम्मेवारीमा छन्। ओझा पूर्व पत्रकार हुन्।

उनीहरूको अन्तर्वार्ता १० गते रहेको छ। प्राधिकरणको अध्यक्षका लागि १२ जनाको आवेदन परेको थियो।

प्रकाशित: ५ फागुन २०८१ ८:१४ | Monday, February 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast