शरद ओझा
काठमाडौँ- नेपाल बिमा प्राधिकरणको अध्यक्षमा पत्रकार शरद ओझा नियुक्त भएका छन्।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ओझालाई प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको हो।
पत्रकार तथा कानुन व्यवसायीसमेत रहेका उनी कर्पोरेट क्षेत्रमा उच्च व्यवस्थापकीय तहमा रहेर काम गरिरहेका छन्।
ओझासँग नेपाल उद्योग परिसंघ र नेपाल उद्योग वाणिज्य महासंघका लागि विज्ञका रूपमा काम गरेको अनुभव छ।
प्रकाशित: १२ फागुन २०८१ २१:४८ | Monday, February 24, 2025
प्रतिक्रिया



