बिमा प्राधिकरणका नवनियुक्त अध्यक्ष ओझाले लिए पद तथा गोपनीयताको सपथ

हिमाल प्रेस १३ फागुन २०८१ १६:५४ | Tuesday, February 25, 2025
बिमा प्राधिकरणका नवनियुक्त अध्यक्ष ओझाले लिए पद तथा गोपनीयताको सपथ

काठमाडौँ- नेपाल बिमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझालाई मंगलबार उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन्।

सपथ ग्रहणपछि ओझाले प्राधिकरणको कार्यभार सम्हालेका छन्। उनको कार्यकाल ४ वर्षको हुनेछ। सोमबारको मन्त्रिपरिषद्को बैठकले ३३ वर्षीय ओझालाई बिमा प्राधिकरणको अध्यक्षमा गर्ने निर्णय गरेको थियो।

ओझाले व्यावसायिक कानुन, वित्त नीति, मौद्रिक नीति, राजस्व प्रशासन, अर्थतन्त्र विश्लेषणमा विशेषज्ञता हासिल गरेका छन्।

प्रकाशित: १३ फागुन २०८१ १६:५४ | Tuesday, February 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast