बालेनलाई सांसद सिंहको चुनौती, हिम्मत भए सिंहदरबार भत्काऊ

हिमाल प्रेस २८ माघ २०८१ १३:३० | Monday, February 10, 2025
बालेनलाई सांसद सिंहको चुनौती, हिम्मत भए सिंहदरबार भत्काऊ

काठमाडौँ- सांसद अमरेशकुमार सिंहले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई हिम्मत भए सिंहदरबार भत्काएर देखाउन चुनौती दिएका छन्। प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा उनले काठमाडौँ महानगरपालिकाले डोजर चलाउँदा कवाडी मजदुर घाइते भएको भन्दै यस्तो चुनौती दिएका हुन्।

उनले भने, ‘म बालेनलाई च्यालेन्ज दिन्छु, हिम्मत छ भने सिंहदरबार भत्काएर देखाऊ, हिम्मत छ भने संसद् भवन भत्काएर देखाऊ, हिम्मत छ भने रामशाहपथको सर्वोच्च अदालत भत्काएर देखाऊ। हिम्मत छ भने बालुवाटार र शीतलनिवास भत्काऊ।’

उनले काठमाडौँका मेयर बालेन शाहले नाजीवादको शैली अपनाएको आरोप लगाए। सांसद सिंहले भने, ‘यो नाजीवादको शैली काठमाडौँको मेयरको चल्दैन।’ उनले हरेक नेपालीको एक ठाउँबाट अर्को ठाउँमा जाने मौलिक स्वतन्त्रता रहेको बताए। उनले मेयर शाह तानाशाह भएर निस्किएको आरोप लगाए। सिंहले प्रश्न गरे, ‘यहाँ नाजीवाद र फासीवादको सुरुवात हुन खोजेको हो?’

प्रकाशित: २८ माघ २०८१ १३:३० | Monday, February 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast