काठमाडौँ- पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको सचिवालय हेरफेर गरिएको छ।डा.भट्टराईको प्रेस संयोजकमा ई.अमित खनाल नियुक्त भएका छन्। खनाललाई प्रेससँगै प्रचारप्रसार तथा आईटी विभागको जिम्मेवारी पनि दिइएको छ।
डा.भट्टराईले भने, ‘युवा मेकाट्रोनिक्स इन्जिनियर तथा डिजिटल क्रियटर अमित खनाललाई आफ्नो निजी सचिवालयमा प्रेस तथा आईटी विभाग हेर्ने गरी नियुक्ति गर्न पाउँदा खुसी छु।’
खनाल नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को केन्द्रीय सदस्य पनि हुन्। गत माघमा सम्पन्न पहिलो महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए।
यसअघि डा.भट्टराईको प्रेस संयोजक, प्रचारप्रसार तथा आईटी विभागमा मानुषी यमि भट्टराई थिइन्। मानुषी महाधिवेशनबाट उपाध्यक्ष निर्वाचित भएकी थिइन्।
प्रकाशित: ११ फागुन २०८१ १०:१० | Sunday, February 23, 2025
प्रतिक्रिया




