बाटो खन्ने क्रममा ढुंगा खसेर स्काभेटर चालकको मृत्यु

हिमाल प्रेस १५ फागुन २०८१ ९:०७ | Thursday, February 27, 2025
बाटो खन्ने क्रममा ढुंगा खसेर स्काभेटर चालकको मृत्यु

गोरखा- बाटो खन्ने क्रममा ढुंगा खसेर गोरखाको अजिरकोट गाउँपालिका-१, स्थित चिस्याङमा स्काभेटर चालकको मृत्यु भएको छ।

आज बुधबार दिउँसो बाप्र ०६–००१ क ०१३१ नम्बरको स्काभेटरले बाटो खन्दै गर्दा ढुंगा खसेर लाग्दा चालकको मुत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) इन्द्रप्रसाद सुवेदीले जानकारी दिए।

तनहुँको आँबुखैरेनी गाउँपालिका–६, घुमाउने घर भएका ४५ वर्षीय रामबहादुर आलेमगरको मृत्यु भएको हो। कालिका हाइड्रोपावरको ड्याम जानका लागि नयाँ ट्रयाक खोल्ने क्रममा अचानक माथिबाट ठूलो ढुंगा खसेर स्काभेटर र चालकलाई लागेको थियो। चालक आलेमगरको घटनास्थलमै मृत्यु भएको हो।

प्रकाशित: १५ फागुन २०८१ ९:०७ | Thursday, February 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast