बलियो म्यानमारसँग समूह चरणको अन्तिम खेल खेल्दै नेपाल

हिमाल प्रेस ११ फागुन २०८१ ६:५८ | Sunday, February 23, 2025
बलियो म्यानमारसँग समूह चरणको अन्तिम खेल खेल्दै नेपाल

काठमाडौँ- फोर नेसन्स महिला च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा आज (आइतबार) नेपालले र म्यानमारसँग खेल्दैछ।

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुने खेल साँझ ६ बजेदेखि सुरु हुनेछ। एक खेल अगावै फाइनलमा पुगिसकेका नेपाल र म्यानमारका लागि आइतबारका लागि अभ्यास समेत हुनेछ।

म्यानमार शीर्ष र नेपाल दोस्रो स्थानमा रहँदै एक खेल अगावै फाइनलमा पुगिसकेका छन्। नेपालले समूह चरणको पहिलो खेलमा किर्गिस्तान र दोस्रो खेलमा लेवनानलाई समान १–० गोल अन्तरले हराएको थियो।

नेपालको दुवै जितमा फरक खेलाडीले गोल गरेका छन्। किर्गिस्तानविरुद्ध नेपालकी विमला चौधरीले गोल गरेकी थिइन्। लेवनानविरुद्ध सावित्रा भण्डारीको निर्णायक गोलमा नेपालले जित निकालेको थियो।

म्यानमारले भने पहिलो खेलमा कीर्गिस्तानलाई ३–१ ले तथा दोस्रो खेलमा लेवनानमाथि ५–० को फराकिलो जित दर्ता गरेको थियो।

म्यानमार भने नेपालका लागि सबैभन्दा बलियो प्रतिद्वन्द्वी हो। नेपालले म्यानमारसँग अहिलेसम्म चार खेल खेलेको छ। ती चारै खेलमा नेपालले जित निकाल्न सकेको छैन।

प्रकाशित: ११ फागुन २०८१ ६:५८ | Sunday, February 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast