बर्जु ताल पुगेर प्रचण्डले भने : भूमाफियाको चंगुलबाट जोगाउन पहल गर्छौँ

हिमाल प्रेस १५ फागुन २०८१ १०:५२ | Thursday, February 27, 2025
बर्जु ताल पुगेर प्रचण्डले भने : भूमाफियाको चंगुलबाट जोगाउन पहल गर्छौँ बर्जु ताल अनुगमन गर्दै प्रचण्ड। तस्बिर : नरेन्द्र केसी

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुनसरीको बर्जु ताल संरक्षण गर्ने बताएका छन्। पूर्वी नेपालकै ठूलो मध्येको बर्जु ताललाई भूमाफियाको चंगुलबाट जोगाउँदै आवश्यक संरक्षण र विकास गर्ने उनले प्रतिवद्धता जनाउने बताएका छन्।

जनतासँग माओवादी, तराई मधेस जागरण अभियानको क्रममा तालको अवलोकन गर्ने क्रममा कनचिमडी बर्जु ताल सिमसार विकास तथा संरक्षण समिति सुनसरीले प्रचण्डलाई भेटेर भूमाफियाका जोगाउन अनुरोध गरेका थिए।

कुनै बेला तीन सय बिघामा फैलिएको ताल २०२५ सालको सर्वे नापीपछि १५२ बिघा कायम भएको र तालको जग्गा हत्याउन सकिन्छ कि भनेर भूमाफियाहरु लाग्ने गरेकाले यसको संरक्षण र विकासका ध्यान दिन समितिले आग्रह गरेको छ।

भारतको बिहारबाट दश किलोमिटर नजिक रहेको ताललाई पर्यटकीयस्थल बनाउन सके भारतबाट पनि पर्यटक आउन सक्ने र माछा पालनबाट वर्षेनी ६-७ करोडको आयार्जन गर्न सकिने सम्भावना रहेकाले आवश्यक बजेटको व्यवस्था गरिदिन समितिले आग्रह गरेको छ।

प्रकाशित: १५ फागुन २०८१ १०:५२ | Thursday, February 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast