बझाङको साईपालमा एभरेष्ट बैंकको शाखा सञ्चालनमा

हिमाल प्रेस २८ माघ २०८१ २०:१८ | Monday, February 10, 2025
बझाङको साईपालमा एभरेष्ट बैंकको शाखा सञ्चालनमा

काठमाडौँ- एभरेष्ट बैंक लिमिटेडले शाखा विस्तारका क्रममा सुदूरपश्चिम प्रदेशको हिमाली जिल्ला बझाङको उत्तरपूर्व साईपाल गाउँपालिका–१ स्थित धलौनमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको नयाँ शाखाको उद्घाटन गरेका हुन्।

एभेरेष्ट बैंकको यो १२९ औँ शाखा कार्यालय रहेको बैंकले जनाएको छ। वित्तीय पहुँचबाट टाढा रहेको साईपाल गाउँपालिकामा बैंकको यो शाखा कार्यालय सञ्चालनमा आएसँगै अब देशका ७५३ वटै स्थानीय निकायमा ‘क’ वर्गको वाणिज्य बैंकको उपस्थिति रहन गएको छ।

भौगोलिक तथा पूर्वाधार विकासको हिसाबले पनि अति दूर्गम मानिने मोटर बाटोको समेत पहुँच नभएको कठिन ठाउँमा वित्तीय संस्थाको पहुँच पु¥याउने सरकारको महत्वपूर्ण अभियानलाई पूर्णता दिने गरी शाखा सञ्चालन गरेकोमा बैंकले खुसी व्यक्त गरेको छ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले यो शाखाको स्थापनासँगै संघीय राष्ट्रको सम्पूर्ण पालिकामा बैंक पु¥याउने सरकारी लक्ष्यले पूर्णता पाएको बताए।

सानोतिनो बैंकिङ सेवाका लागि पनि सदरमुकाम धाउनुपर्ने साइपालवासीको बाध्यता अन्त्य भएको बताउँदै उनले अन्य सुविधाहरू पनि विस्तारै गाँसिदै आउने र यस क्षेत्रको समग्र आर्थिक क्रियाकलापसमेत चलायमान हुने विश्वास व्यक्त गरे।

उद्घाटन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष मानवीर बोहोरा, बैंकका सञ्चालक समितिका अध्यक्ष डा.बालपोपाल वैद्य, प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्ग, नेपाल राष्ट्र बैंकका निर्देशक केशवबहादुर केसी, गाउँपालिकाका वडाध्यक्षहरू, स्थानीयवासीलगायतको उपस्थिति रहेको थियो।

प्रकाशित: २८ माघ २०८१ २०:१८ | Monday, February 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast