बंगलादेश : सुधारका लागि ‘राष्ट्रिय सहमति आयोग’ गठन

हिमाल प्रेस १ फागुन २०८१ १९:०२ | Thursday, February 13, 2025
बंगलादेश : सुधारका लागि ‘राष्ट्रिय सहमति आयोग’ गठन

काठमाडौँ– बंगलादेशको अन्तरिम सरकारले राज्य प्रणालीमा महत्वपूर्ण सुधार ल्याउने उद्देश्यले राष्ट्रिय सहमति आयोग गठन गर्ने घोषणा गरेको छ।

मन्त्रिपरिषद्ले जारी गरेको परिपत्रअनुसार अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसको नेतृत्वमा ‘राष्ट्रिय सहमति आयोग’ गठन गरिएको हो।

छ महिनाको समयावधि रहेको आयोगमा यसअघि गठन भएका विभिन्न छ वटा सुधार आयोगका प्रमुखहरु रहेका छन् र फब्रुअरी ३ तारिखदेखि काम सुरु हुनेछ।

नवगठित आयोगले राजनीतिक दल र सरोकारवालासँग छलफल गरी जनताको अपेक्षाअनुरुप सुधारका विषयमा राष्ट्रिय सहमति कायम गर्न सहयोग पुर्‍याउने अधिकारीहरूले बताएका छन्।

तत्कालीन प्रधानमन्त्री शेख हसिनाको राजीनामापछि युनुसले सन् २०२४ अगष्त ८ मा देशको अन्तरिम सरकारको प्रमुखको रूपमा शपथ लिएका थिए।

सेप्टेम्बर ११ मा राष्ट्रका नाममा सम्बोधन गर्दै युनुसले निर्वाचन प्रणाली, प्रहरी, न्यायपालिका, सार्वजनिक प्रशासन, संविधान र भ्रष्टाचार निवारण आयोगमा सुधारका लागि छ वटा आयोग गठन गर्ने घोषणा गरेका थिए।

युनुसले सुधारलाई छिटो अघि बढाउने र त्यसपछि चुनाव गराउने प्रतिबद्धता जनाइसकेका छन्।

प्रकाशित: १ फागुन २०८१ १९:०२ | Thursday, February 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast