फागुन १५ देखि ललितपुरमा नेल्टा अन्तर्राष्ट्रिय सम्मेलन हुने

हिमाल प्रेस १३ फागुन २०८१ २०:२१ | Tuesday, February 25, 2025
फागुन १५ देखि ललितपुरमा नेल्टा अन्तर्राष्ट्रिय सम्मेलन हुने

काठमाडौँ- करिब एक हजार अंग्रेजी भाषा शिक्षक, भाषाविज्ञ र अनुसन्धादाताहरूको सहभागिता रहने २९ औं नेल्टा अन्तर्राष्ट्रिय सम्मेलन फागुन १५ देखि १७ गतेसम्म ललितपुरमा हुने भएको छ।

सम्मेलनको उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले उद्घाटन गर्ने आयोजक नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) ले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो।

पत्रकार सम्मेलनमा बोल्दै नेल्टा अध्यक्ष प्रा. डा. लक्ष्मण ज्ञवालीले ललितपुरको हातिवनस्थिति लिटिल एन्जल्स स्कुलको सभाहलमा उक्त सम्मेलन आयोजना हुने बताए।

‘मेसिन, मानवता र भाषा: अ‌ंग्रेजी भाषा शिक्षणमा नखोजिएका विषयहरू’ भन्ने मूल विषयमा केन्द्रित भएर छलफल गर्ने अध्यक्ष ज्ञवालीले जानकारी दिए। उनका अनुसार सम्मेलनमा नेपाल लगायतका अन्तर्राष्ट्रिय विज्ञहरूको अंग्रेजी शिक्षा, व्यावहारिक भाषा विज्ञान र विभिन्न विषयवस्तु र क्षेत्रहरू गरी २ सय भन्दा प्रस्तुतिहरू रहने छन्।

सम्मेलनमा नेपाल लगायत बेलायत, संयुक्त राज्य अमेरिका, जापान, सिंगापुर, मलेसिया, भारत, इन्डोनेसिया, बंगलादेश, थाइल्यान्ड, रुस, मंगोलिया, श्रीलंका र नेपाल देशका मुख्य वक्ताहरू, विशेष वक्ताहरू र प्यानलिस्टहरू गरी एक हजार भन्दा बढी सहभागी हुनेछन्।

प्रकाशित: १३ फागुन २०८१ २०:२१ | Tuesday, February 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast