प्रेस चौतारी कोशीको अध्यक्षमा पुरी

हिमाल प्रेस ३० माघ २०८१ २०:२८ | Wednesday, February 12, 2025
प्रेस चौतारी कोशीको अध्यक्षमा पुरी

इटहरी– प्रेस चौतारी नेपाल कोशी प्रदेशको अध्यक्षमा सुमन पुरी निर्विरोध निर्वाचित भएका छन्।

विराटनगरमा बुधबार सम्पन्न दोश्रो प्रदेश अधिवेशनले अध्यक्षमा पुरीलाई निर्विरोध निर्वाचित गरेको हो। उनी यसअघि उपाध्यक्ष थिए।

उनको नेतृत्वमा ४९ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेका हो। प्रेस चौतारी नेपाल केन्द्रीय निर्वाचन समितिका अध्यक्ष गणेश खनालका अनुसार उपाध्यक्षमा युवराज विवश, महिला उपाध्यक्षमा ज्योति चौहान, महासचिवमा बाबुराम भण्डारी र कोषाध्यक्षमा विशाल नेम्वाङ निर्वाचित भएका छन्।

यसैगरी सचिवमा रविन कट्टेल, दिनेश सुब्बा, भोला श्रेष्ठ, मञ्जु डाँगी, गणेश विष्ट र लक्ष्मी उप्रेती निर्वाचित भएका छन्। अधिवेशनमा आयोजक र प्रतिनिधि गरी एक सय ५६ जना सहभागी थिए।

प्रकाशित: ३० माघ २०८१ २०:२८ | Wednesday, February 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast