 
                             
                                            काठमाडौँ- लिभरपुल एफए कपको चौथो चरणबाट बाहिरिएको छ। लिभरपुले प्लेमाउथसँग १–० को हार ब्यहोर्दा बाहिरिएको हो। लिभरपुलले प्रिमियर लिगमा एक खेल कम खेल्दै तालिकामा ६ अंकको अग्रता लिएको छ। दोस्रो स्थानको आर्सनलको भने २४ खेलबाट ५० अंक छ।
दोस्रो श्रेणीको क्लब प्लेमाउथका रायन हार्डीले खेलको ५३औं मिनेटमा पेनाल्टीमार्फत निर्णायक गोल गर्दै आफ्नो टोलीलाई अप्रत्याशित जित दिलाए।
                            प्रकाशित: २८ माघ  २०८१ ७:४७ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 