‘प्रधानमन्त्री ओली टिकटकरहरूसँग व्यस्त हुँदा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएन’

हिमाल प्रेस २९ माघ २०८१ १३:५६ | Tuesday, February 11, 2025
‘प्रधानमन्त्री ओली टिकटकरहरूसँग व्यस्त हुँदा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएन’ तस्बिर : रासस

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री टिकटकरहरूसँग व्यस्त हुँदा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुन नसकेको आरोप लगाएको छ। प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा रास्वपा सांसद असीम साहले यस्तो आराप लगाएका हुन्।

उनले भने, ‘प्रधानमन्त्री रोस्ट्रममा आएर ढलेँ ढलेँ गीत सुनाएर जानुहुन्छ। आजकल उहाँ टिकटकरहरूसँग व्यस्त हुनुहुन्छ। यही व्यस्तताका कारण उहाँले एउटा महत्त्वपूर्ण काम मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्न बिर्सनुभएको छ।’

सांसद साहले मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गरेका हुन्। उनले भने, ‘नयाँ सरकार बनेको महिनौँ भइसक्यो तर मन्त्रीहरूको सम्पत्ति विवरण अहिलेसम्म सार्वजनिक गरिएको छैन। पारदर्शिता र जबाफदेहिताको नारा घन्किाउनेहरू किन मौन छन्? सरकारले माननीय मन्त्रीज्यूहरूको सम्पत्ति कहिले सार्वजनिक गर्ने सोच राखेको छ?’

मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक नगर्ने सरकारबाट भ्रष्टाचारका फाइल खोल्ने आशा गर्नु बेकार रहेको उनले बताए। साहले भने, ‘सरकारले सुशासनको देखावटी नाटक बन्द गरोस्, मन्त्रीहरूको सम्पत्ति विवरण तुरुन्त सार्वजनिक गरोस्।’ शाहले भ्रष्टाचारका सम्बन्धमा छानबिन गर्न शक्तिशाली स्वतन्त्र आयोग गठनको माग गरे।

प्रकाशित: २९ माघ २०८१ १३:५६ | Tuesday, February 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast