प्रधानमन्त्री ओलीले गरे टरिगाउँ विमानस्थल अवलोकन

हिमाल प्रेस ५ फागुन २०८१ २०:४२ | Monday, February 17, 2025
प्रधानमन्त्री ओलीले गरे टरिगाउँ विमानस्थल अवलोकन

दाङ- प्रधानमन्त्री केपी शर्मा ओलीले दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलको अवलोकन गरेका छन्। आज (सोमबार) विमास्थलको अवलोकन गर्दै उनले विमानस्थल सञ्चालन र स्तरोन्नतिका लागि आगामी वर्ष बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए।

‘यस वर्ष विमानस्थलका लागि बजेट छुट्याइएको छैन। आगामी वर्ष बजेट छुट्याएर स्तरोन्नति गर्नेछौँ,’ प्रधानमन्त्री ओलीले भने।

प्रधानमन्त्रीसँगै नेकपा एमाले महासचिव शंकर पोखरेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, राष्ट्रियसभाका पूर्वसदस्य कोमल वलीलगायतले विमानस्थल अवलोकन गरेका थिए।

आजै (सोमबार) प्रधानमन्त्री ओलीले तुलसीपुरस्थित कोमल रिसोर्टको पनि उद्घाटन गरे। राष्ट्रियसभाका पूर्वसदस्य कोमल वलीले उक्त रिसोर्ट सञ्चालनमा ल्याएकी हुन्।

प्रकाशित: ५ फागुन २०८१ २०:४२ | Monday, February 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast