प्रधानमन्त्री ओलीलाई अभिनेत्री नीताको खुला पत्रः बिन्ती छ नेपालको इज्जत जोगाइदिनुस्

हिमाल प्रेस ६ फागुन २०८१ १७:४२ | Tuesday, February 18, 2025
प्रधानमन्त्री ओलीलाई अभिनेत्री नीताको खुला पत्रः बिन्ती छ नेपालको इज्जत जोगाइदिनुस्

काठमाडौँ- अभिनेत्री नीता ढुङ्गानाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामाजिक सञ्जालमा खुलापत्र लेखेकी छन्। नेपाली जनतामाथि भइरहेको अन्याय र अत्याचारमाविरुद्ध सरकारपक्ष नबोलेको र अन्य देशका मानिसहरुले आफ्नो देशबारे अफवाह फैलाइरहेको भन्दै नेपालकाे इज्जत जोगाइदिन अनुरोध गरेकी छन्।

प्रधानमन्त्री ओलीकाे पछिल्लो गतिविधि  नियाल्दै अभिनेत्री  ढुङ्गानाले केही समय यता फोटो खिच्ने र फोटो खिचाउने काम बाहेक देशमा के भइरहेको छ भनेर  देख्न नपाएकाे दुखेसाे पाेखेकी ५न्। उनले लेखेकी छन्, ‘खोइ त्यो जोश/जाँगर, देशप्रति केही गर्छु भन्ने भावना आज देखिएको छैन प्रधानमन्त्री ज्यू। अहिले भारतमा नेपाली विद्यार्थीले ज्यान गुमाएको प्रसंगमा पनि भारतको एउटा विद्यालयमा एउटा नेपाली चेलीलाई हामीले गुमाउनुप¥यो। धेरै नेपाली विद्यार्थीलाई त्यहाँबाट कुटपिट गरेर निकालिएको छ। उक्त विश्वविद्यालय व्यस्थापन समितिकि अध्यक्षले नेपाली विध्यार्थीको न्यायको मागको अपहेलना गर्दै प्रतिकार गर्ने क्रममा यस विद्यालयको बजेट जतिपनि नेपालको राष्ट्रिय बजेट छैन भनेर नेपालको बेईजत गरेकि रहिछन् अन्तर्राष्ट्रिय मञ्चमा कहिले सम्म यस्तै बेइज्जत खेपिरहनु पर्ने हो? नेपालको यो हालत कस्ले बनायो? उनले प्रश्नसमेत गरेकी छन्।

 ‘विगत केही वर्षदेखि नेपालको शासक तपाईहरूले (काङ्ग्रेस, एमाले, माओवादी) अब यो बेइज्जतको जिम्मेवारी लिनुपर्ने कि नपर्ने? बिन्ती छ नेपालको इज्जत जोगाइदिनुस्। बिन्ती छ नेपाली जनताको भावना बुझिदिनुस्।’

प्रकाशित: ६ फागुन २०८१ १७:४२ | Tuesday, February 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast