प्रधानमन्त्रीलाई बालेनले भने : मलाई नेपाली भएर बाँच्ने आधार दिनुस्

हिमाल प्रेस ९ फागुन २०८१ १०:१६ | Friday, February 21, 2025
प्रधानमन्त्रीलाई बालेनले भने : मलाई नेपाली भएर बाँच्ने आधार दिनुस्

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफूलाई नेपाली भएर बाँच्ने आधार दिन आग्रह गरेका छन्।

शुक्रबार बिहान सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्दै बालेनले आफूलाई मेयर हो भनेर बिर्सिन र नेपाली भएर बाँच्ने आधार दिन आग्रह गरेका हुन्।

मेयर शाहले नेपालीलाई अमेरिकाले भ्रष्ट, ईन्डियाले भिखारी भनेको र चीनले मान्छे नगन्ने उल्लेख गरेका छन्। बालेन लेख्छन्, ‘प्यारो प्रधानमन्त्रीज्यू, अमेरिकाले corrupt भनिसक्यो, ईन्डियाले भिकारी भनिसक्यो, चिनले मान्छे गन्दैन, मलाई मेयर हो भनेर बिर्सिनुस्, नेपाली भएर बाँच्ने आधार त दिनुस्??’

प्रकाशित: ९ फागुन २०८१ १०:१६ | Friday, February 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast