प्रतिनिधिसभामा आज प्रधानमन्त्रीसँग सवालजबाफ

हिमाल प्रेस ४ फागुन २०८१ ६:३२ | Sunday, February 16, 2025
प्रतिनिधिसभामा आज प्रधानमन्त्रीसँग सवालजबाफ

काठमाडौँ- प्रतिनिधि सभा बैठकमा आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तरको कार्यसूची छ। दिउँसो १ बजे बस्ने बैठकमा संसद्‍हरूसँग प्रश्नोत्तरको कार्यक्रम रहेको संघीय संसद् सचिवालयले जनाएको छ।

सांसदहरूले राखेको प्रश्नमा प्रधानमन्त्री ओलीले रोस्टमबाट जबाफ दिनेछन्। आजको बैठकमा अरू तीन कार्यसूची पनि छन्। सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट कार्यभार थप सम्बन्धी पत्रको ब्यहोर पढेर सुनाउनेछन्।

प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम र त्यसपछि गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक,२०८१ माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। आजकै बैठकमा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले मोन्ट्रियल प्रोटोकल किगाली संशोधनमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

प्रकाशित: ४ फागुन २०८१ ६:३२ | Sunday, February 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast