काठमाडौँ- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रजातन्त्रको विकल्पमा अरू कुनै उत्तम व्यवस्था नरहेको बताएका छन्।
बागलुङमा आज ७५ औं प्रजातन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पछिल्लो समय प्रजातन्त्रमाथि कालो बादल मडारिन थालेको जिकिर गरे।
सत्ता र शक्तिमा बस्नेहरुले जनताको भवनाविपरीत काम गर्न नहुने उनको सुझाव थियो।
पूर्व उपप्रधानमन्त्रीसमेत रहेका केसीले प्रजातन्त्रलाई सिध्याएर देशमा निरंकुश शासन चलाउने शक्ति तयार भइरहेको आरोप लगाए।
प्रकाशित: ७ फागुन २०८१ १४:१२ | Wednesday, February 19, 2025
प्रतिक्रिया



