पोखराको न्यूरोडमा भीषण आगलागी

हिमाल प्रेस १६ फागुन २०८१ २०:४६ | Friday, February 28, 2025
पोखराको न्यूरोडमा भीषण आगलागी

पोखरा– पोखराको न्यूरोडमा भीषण आगलागी भएको छ। शुक्रबार राति करिब साढे ७ बजेको समयमा न्यूरोडस्थित श्यामा श्याम ट्रेडर्समा भएको आगलागी भएको हो।

पोखरा महानगरपालिकाको दमकल, सुरक्षाकर्मी र सर्वसाधारणको प्रयासमा अहिले आगो नियन्त्रणमा आएको छ। आगलागी के कति कारणले लागेको हो भन्ने खुलेको छैन।

क्षतिको विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

श्यामा श्याम ट्रेडर्स इन्भर्टर, ब्याट्री, सोलार, टिभी, कम्प्युटर लगायतको बिक्री तथा मर्मत सेन्टर हो।

प्रकाशित: १६ फागुन २०८१ २०:४६ | Friday, February 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast