 
                             
                                            काठमाडौँ- सर्वाधिक हिट फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ ले प्रदर्शनको सय दिन मनाएको छ। गत कात्तिक १५ देखि प्रदर्शनरत फिल्मले माघ २५ मा सय दिन मनाएको हो।
फिल्मले उपत्यका र मोफसलगरी १० हलमा सय दिन मनाएको निर्माण टिमले जनाएको छ। फिल्ममा अभिनेता विजय बराल मुख्य भूमिकामा छन्। फिल्मका निर्देशक सरोज पौडेल हुन्। सारङ्गीको कथा र सन्तानलाई शिक्षा दिन बाबुले गरेको संघर्षको कथामा आधारित फिल्ममा अञ्जना बराइली, नायक मुकुन भुसाल, गायक तथा कलाकार प्रकाश सपुत र कलाकार भोलाराज सापकोटालगायत कलाकारको अभिनय छ।
फिल्मले नेपाली सिनेजगतमा थुप्रै रेकर्ड ब्रेक गरेको छ। हालसम्म फिल्मले ४८ करोडमाथि ग्रस कलेक्सन गरेको केही दिनअघि टिमले सार्वजनिक गरेको थियो। फिल्मको अपार सफलतापछि निर्माण कम्पनी सेभेन सिजले यसको सिक्वेल बनाउनेसमेत घोषणा गरिसकेकाे छ। यसअघि २०८० मा प्रदर्शन भएको ‘जारी’ र ‘दिमाख खराब’ ले हलमा १०० दिन मनाएकाे थियो।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 