पाल्पामा आज सार्वजनिक बिदा

हिमाल प्रेस १५ फागुन २०८१ ११:४५ | Thursday, February 27, 2025
पाल्पामा आज सार्वजनिक बिदा

पाल्पा- मगर समुदायको बाहुल्यता रहेको जिल्लामा आज ४३ औँ राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। मगर जातिको पहिचान, भाषा संस्कृतिको संरक्षण र एकताका लागि जुट्दै आएका संघ-संस्थाले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागेका हुन्।

नेपाल मगर संघको स्थापनाका अवसरमा प्रत्येक वर्ष फागुन १५ गते यो दिवस मनाइने गरिन्छ। आदिवासी जनजाति समुदाय अन्तर्गत रहेका देशैभरका मगर समूह, संघसंस्थाले यो दिवस मनाउँदैछन्।

मगरहरूको सांगठनिक पर्वका रूपमा यो दिवसलाई लिने गरिन्छ। जिल्लाका विभिन्न स्थानमा आज भव्य सांस्कृतिक झाँकी प्रदर्शनसहितका सांस्कृतिक कार्यक्रम हुँदैछन्। नेपाल मगर संघ जिल्ला कार्यसमिति तथा अन्य समूहले पालिकास्तरीय कार्यक्रमको आयोजना गर्दै छन्। आज जिल्लाको रामपुर माथागढी, तिनाउ, निस्दीलगायतका स्थानमा भव्य सांस्कृतिक कार्यक्रम हुँदै छन् । यहाँका १० वटै स्थानीय तहले आज सार्वजनिक बिदा समेत दिएका छन्।

जिल्लामा ५४ प्रतिशतभन्दा धेरै मगरको बसोबास रहेको छ।

प्रकाशित: १५ फागुन २०८१ ११:४५ | Thursday, February 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast