पालुङटार विस्तारित बैठकस्थलमा दलबलसहित प्रचण्ड मर्निङ वाकमा

हिमाल प्रेस ९ फागुन २०८१ ९:१९ | Friday, February 21, 2025
पालुङटार विस्तारित बैठकस्थलमा दलबलसहित प्रचण्ड मर्निङ वाकमा

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पालुङटार विस्तारित बैठकस्थलमा दलबलसहित मर्निङ वाक गरेका छन्। देशव्यापी पार्टीको संगठन विस्तार तथा निर्माण अभियानका क्रमम गोरखा पुगेका प्रचण्डले शुक्रबार विहान पालुङटारमा इष्टमित्र, सुरक्षाकर्मी, कार्यकर्तासहित मर्निङ वाक गरेका हुन्।

२०६७ सालमा प्रचण्ड नेतृत्वको तत्कालीन माओवादीको विस्तारित बैठक पालुङटारमा भएको थियो। पालुङटार गोरखा–२ निर्वाचन क्षेत्रमा पर्छ। उक्त क्षेत्रबाट गत आम निर्वाचनमा डा.बाबुराम भट्टराईको सहयोगमा प्रचण्डले चुनाव जितेका थिए।

चुनाव जितेपछि निर्वाचन क्षेत्रमा नफर्किएको गुनासो खेपेका प्रचण्ड केही दिनदेखि चुनावी क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै हिँडेका छन्। ‘म हिजोदेखि आफ्नो निर्वाचन क्षेत्रमा रहेको छु। यहाँ सहिद परिवार, जनभेटघाट लगायत विभिन्न कार्यक्रम सहभागी भएँ। आज स्थानीय जनप्रतिनिधिसहित पालुङटार विस्तारित बैठक भएको स्थानको अवलोकनसहित मर्निङ वाक गरेको छु,’ शुक्रबार बिहान सामाजिक सञ्जालमा मर्निङ वाकको भिडियो राख्दै प्रचण्डले भने,’त्यो बैठकका सबै पक्षलाई स्मरण गरिरहेको छु। म गोरखाको विकासमा सधैँ चासो राख्ने गर्दथें, अहिले जनप्रतिनिधिको रूपमा सेवा गर्ने अवसर पाएको छु। यहाँको वृहत्तर विकासमा भूमिका निर्वाह गर्नेछु।’

उक्त क्षेत्रबाट डा.भट्टराईले तीनपटकसम्म चुनाव जितेका थिए। लामो समय प्रचण्ड र डा.भट्टराई एउटै पार्टीमा थिए।

प्रकाशित: ९ फागुन २०८१ ९:१९ | Friday, February 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast