पार्टीभित्रको गुट उपगुटलाई रुपान्तरण अभियानले हटाउँछ : उपाध्यक्ष श्रेष्ठ

हिमाल प्रेस २ फागुन २०८१ १५:२२ | Friday, February 14, 2025
पार्टीभित्रको गुट उपगुटलाई रुपान्तरण अभियानले हटाउँछ : उपाध्यक्ष श्रेष्ठ फाइल तस्बिर।

चितवन– नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीभित्रको गुट उपगुट तथा व्यक्तिवादको समस्या रुपान्तरण अभियानबाट हल गर्ने बताएका छन्।

प्रेस सेन्टर नेपाल चितवनले शुक्रबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा वरिष्ठ उपाध्यक्ष श्रेष्ठले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’कै नेतृत्वमा पार्टीलाई रुपान्तरण र एकताबद्ध ढंगले अघि बढाउन सकिने बताए।

उनले माओवादी केन्द्रलाई बलियो बनाउँदै देशको आर्थिक समृद्धि र विकासको प्रक्रियामा फड्को मार्न सकिने दाबी गरे।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले सरकारको टिका टिप्पणी गरेर समय खेर नफाल्न आग्रह गरे।

प्रकाशित: २ फागुन २०८१ १५:२२ | Friday, February 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast