पाथीभरा केबलकार विवाद : सरकारले पुनः बोलायो आन्दोलनरत पक्षलाई वार्तामा

हिमाल प्रेस १३ फागुन २०८१ १५:२४ | Tuesday, February 25, 2025
पाथीभरा केबलकार विवाद : सरकारले पुनः बोलायो आन्दोलनरत पक्षलाई वार्तामा गृह मन्त्रालय

काठमाडौँ-  ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ)  क्षेत्रमा केबलकार निर्माणका क्रममा उत्पन्न विवाद समाधानका लागि गृह मन्त्रालयले आन्दोलनरत पक्षलाई वार्तामा बोलाएको छ। गृह मन्त्रालयद्वारा गठित वार्ताटोलीका संयोजक सहसचिव प्रेमप्रसाद भट्टराईले आज पुनः आन्दोलनरत पक्षलाई वार्ता र सम्वादमा आउन आग्रह गरिएको जानकारी दिए।

सोमबार जारी गरिएको सूचनामा भनिएको छ,‘निर्माण कार्य स्थगित गर्ने र पाथीभरा क्षेत्रमा केबुलकार निर्माणका क्रममा आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, सांस्कृतिक तथा स्थानीय समुदायका समस्या समाधानका लागि आन्दोलनरत पक्षलाई गम्भीर भई वार्ता एवं संवादमा आउनका लागि यो वार्ता समिति सबैमा हार्दिक अपिल गर्दछ।’

सरकारले समस्या समाधानका लागि गत माघ २० मा उक्त वार्ताटोली गठन गरेको थियो। दुईपटक बसेको छलफलले टुंगाे लगाउन नसकेपछि वार्ता अघि बढ्न सकेको थिएन। ‘नो केबुलकार’ समूहले वार्ता नगर्ने भन्दै पुनः आन्दोलन थालेपछि सो क्षेत्रमा दुईपटक झडप भइसकेको छ।

प्रकाशित: १३ फागुन २०८१ १५:२४ | Tuesday, February 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast