पाथीभरामा केबलकार विवाद : आन्दोलनरत पक्षलाई वार्तामा आउन सरकारको अपिल

हिमाल प्रेस १२ फागुन २०८१ १८:४४ | Monday, February 24, 2025
पाथीभरामा केबलकार विवाद : आन्दोलनरत पक्षलाई वार्तामा आउन सरकारको अपिल ताप्लेजुङको फुङलिङ नगरपालिका–११ मा गत शनिबार भएको विवादपछि स्थिति नियन्त्रणमा लिन खटिएका सुरक्षाकर्मी। तस्बिर : सामाजिक सञ्जाल

काठमाडौँ- ताप्लेजुङको पाथीभरा (मुकुमलुङ)मा निर्माण हुने केबलकारको विरोधमा उत्रिएका आन्दोलनरत पक्षलाई सरकारले वार्तामा बोलाएको छ।

सरकारले गठन गरेको वार्ता टोलीका संयोजक एवं गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईले सोमबार एक विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्षलाई वार्ता र संवादमा आउन अपिल गरेको हुन्।

‘आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायका समस्याको वार्ताको माध्यमबाटै उक्त केबलकारको निर्माण कार्य हाललाई स्थगित गर्ने एवं संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान गर्न आन्दोलनरत पक्षलाई वार्ता र संवादका लागि आउनुहुन हार्दिक अपिल गर्दछु,’ विज्ञप्तिमा भनिएको छ।

गृह मन्त्रालयले माघ २० गते वार्ता टोली गठन गरेको थियो । पाथीभरामा केबलकार बनाउने विषयमा प्रहरी र आन्दोलनरत पक्षबीच झडप भएपछि विवाद उत्कर्षमा पुगेको छ।

प्रकाशित: १२ फागुन २०८१ १८:४४ | Monday, February 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast